२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

ग्लोबल

इराकस्थित अमेरिकी दूतावास र सैन्य क्षेत्रमा रकेट हमला



काठमाडौं २२, असार । अमेरिकी कूटनीतिज्ञ तथा सैन्य क्षेत्रलाई लक्षित गरेर इराकी सुरक्षा बलले रकेट हमला गरेको छ।

राजधानी बग्दादकै ग्रिन जोन इलाकामा रहेको अमेरिकी दूतावास र बग्दाद नजिकैको सैन्य अड्डालाई बलले निसाना बनाएको थियो।

तर, दुबै रकेट हमला असफल बन्यो। पहिलो रकेट अमेरिकी दूतावासदेखि केही पर र दोस्रो रकेटलाई भने सुरक्षा बलले असफल पारिदिएका थिए। आइतबार दुबै हमला भएको हो।

गएको अक्टोबरदेखि अमेरिकी कूटनीतिज्ञ तथा सुरक्षा बलप्रति दजनौं मिसाइल हमला भइसकेको समाचार संस्था एएफपीले जनाएको छ।

यो हमलामा इरान समर्थित लडाकुहरू संलग्न रहेको अमेरिकाले आरोप लगाएको छ।

प्रकाशित : २२ असार २०७७, सोमबार ००:००