काठमाडौं २२, असार । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सुरक्षा सतर्कता अपनाइएको छ। उनीमाथि सुरक्षा चुनौती बढ्दै गएको भन्दै सुरक्षा निकायहरूले सतर्कता अपनाएका हुन्।
आन्तरिक सुरक्षा रणनीति बनाएर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेको सुरक्षा निकायका एक उच्च अधिकारीले बताए।
उनकाअनुसार प्रधानमन्त्रीलाई सकेसम्म कुनै कार्यक्रममा नजान र राष्ट्रपति कार्यालय जानुपर्ने नै भएपनि सवारी रुट निर्धारण गरेर सुरक्षा योजना तयार गरिएको छ।
गत साता बसेको सुरक्षा निकायहरूको समन्वयात्मक बैठकले प्रम ओलीमाथि आन्तरिक र बाह्य सुरक्षा चुनौति रहेको निछोड निकालेको थियो। त्यसपछि सुरक्षा निकायहरूले थप सुरक्षाकर्मी परिचालन गरेका हुन्।
सोही बैठकले सुरक्षाकर्मीहरूको सङ्ख्या सडकमा बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको मुख्यालयलाई निर्देश गरेको ती सुरक्षा अधिकारीले जानकारी दिए।
प्रतिक्रिया