२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

राष्ट्रपति निवासमा प्रम ओली, साँझ मन्त्रिहरूलाई बालुवाटारमा निम्तो



काठमाडौं २०, असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास गएका छन्।

प्रम ओलीको सचिवालयले राष्ट्रपति भण्डारीसँगको भेटलाई नियमित भनेको छ। तर, आज साँझ भने मन्त्रिहरूलाई बालुवाटार प्रम ओलीले बोलाएका छन्। बालुवाटामार मन्त्रिहरूसँग के छलफल हुन्छ भन्ने खुलेको छैन।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षसमेत रहेका ओलीलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै दुबै पदबाट राजीनामा दिन चर्को दबाब दिँदै आएका छन्।

यद्यपि, प्रम ओलीले दुबै पद नछाड्ने चेतावनी दिएका छन्। नेकपा आन्तरिक मतभेदमा अल्झेको छ।

यस्तो अवस्थामा राष्ट्रपति भण्डारीसँगको ओलीको भेटलाई निक्कै महत्वकासाथ हेरिएको छ।

प्रकाशित : २० असार २०७७, शनिबार ००:००