काठमाडौं २०, असार । बझाङको केदारस्युँ गाउँपालिकाको वडा नम्बर–८ मल्लेसीमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये ५ जनाको शव फेला परेका छ।
वडाध्यक्ष गणेश बोहोराकाअनुसार ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय नै शान्ति जेठाराको शव फेला परेको हो।
अझै दुई जना बेपत्ता छन्। पहिरोमा पुरिएकाहरूको खोजी कार्यमा स्थानीयवासी र प्रहरी खटिएका छन्।
गएराति मल्लेसीमा भीषण पहिरो गएको थियो।
प्रतिक्रिया