![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/ramchandra-paudel.jpg?resize=720%2C326)
काठमाडौं २०, असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका कम्युनिस्टहरूले हल्ला मच्चाउन र समस्या उत्पन्न गर्न सक्ने भएपनि समाधान गर्न नसक्ने बताएका छन्।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज (शनिबार) आयोजना गरेको बागमति प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरूसंग गरेको छलफलमा कम्युनिस्टहरू मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको पनि बताए।
झण्डै दुई तिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुने बताए।
‘परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिस्टहरूले पाएको दुई तिहाई मत समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न भएको छ’, उनले भने, ‘मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिस्टहरूको बैज्ञानिक समाजवाद हो?’
उनले विश्वका पूँजिवादी देशहरू र कम्युनिस्ट देशहरू पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजिवाद र साम्यवादले नभई प्रजातान्त्रीक समाजवादले समाधान गर्ने दाबी गरे।
प्रतिक्रिया