२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

समाचार

तीन दिनसम्म देशभर वर्षाको सम्भावना



काठमाडौं १९, असार । जल तथा मौसम पूर्वानुमान विभागले आज (शुक्रबार) देखि वर्षाको सम्भावना रहेको जनाएको छ।

मौसमविद् प्रतिभा मानन्धरले कम्तीमा तीन दिन देशभर वर्षा हुने सम्भावना रहेको बताएकी छिन्।
मौसमविद उनले मौसम सक्रिय भएको बताइन्।

महाशाखाद्धारा जारी मौसम बुलेटिनअुनसार आजदेखि पर्सिसम्म देशको धरै स्थानमा हल्कादेखि मध्यमसम्म र केही स्थानमा भारी वर्षा हुने उल्लेख छ।

मेघगर्जन र चट्याङ पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। १ नम्बर प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ।

राति पनि धेरै स्थानमा वर्षा हुने विभागले उल्लेख गरेको छ।

प्रकाशित : १९ असार २०७७, शुक्रबार ००:००