२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

उत्कर्षमा नेकपा विवाद, राष्ट्रपति भण्डारीलाई भेटेर दाहाल बालुवाटारमा



काठमाडौं १८, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवासबाट फर्किएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब १ घन्टा भेटबार्ता गरी अध्यक्ष दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका हुन्।

प्रचण्ड पक्षीय एक नेताकाअनुसार ‘प्रचण्ड’ ले राष्ट्रपति भण्डारीलाई एक पक्षीय नबन्न आग्रह गरेको बताएका छन्।

त्यसअघि दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेका थिए।

सो क्रममा प्रचण्डले स्थायी कमिटी बैठकमा नआएर संसदको वर्षे अधिवेशन अन्त्य गर्न किन हतारो गरेको भन्दै आक्रोश पोखेका थिए।

अध्यक्ष ओली स्थायी कमिटी बैठकमा नगएपछि नेकपाभित्र कलह झनै बढेको छ।
बिहान मात्रै अध्यक्ष दाहालले ओली पक्षका स्थायी समिति सदस्य र केही मन्त्रिहरूसँग छलफल गरेका थिए।

त्यसअघि हिजो दिउँसो भने झम्सिखेलमा दाहाल र नेता माधवकुमार पक्षका स्थायी समिति सदस्य र मन्त्रिहरूको भेला भएको थियो।

उक्त भेलाले ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको निश्कर्ष निकाल्दै कि त ओलीले पार्टीको निर्णय मान्नु पर्ने, होइन भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु पर्ने निछोड निकालेका थिए।

प्रकाशित : १८ असार २०७७, बिहिबार ००:००