
काठमाडौं १८, असार । काभ्रेको धुलिखेल नगरपालिका–२ रविओपीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बा.४ ख ६३८६ नम्बरको टिपरले बा.३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक धुलिखेल नगरपालिका–२ बस्ने ५३ वर्षीय बेदप्रसाद कोइराला र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय गोबर्धन कोइरालाको शीर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ हरैया चोकमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
ज.३ प ७०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलबम चालक जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठा बस्ने २५ वर्षीय विजयकुमार शर्मा र मोटरसाइकलमा सवार उनकै आमा ४५ वर्षीया धर्मवती देवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बङ्गरी पुलमा ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ।
ना.३ ख ४८९३ नम्बरको ट्रकले ना.२ ह ५०७१ नम्बरको अटोलाई बुधबार राति ठक्कर दिँदा अटो चालक पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ३१ वर्षीय कृष्ण महरा चमारको घटनास्थलमै मृत्यु भएको हो।
ट्रक चालक फरार छन्। उनको खोजी कार्य थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रतिक्रिया