काठमाडौं १८, असार । कपिलवस्तुमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका–१ सोहसाका ३४ वर्षीय दामोदर थारू पक्राउ परेका छन्।
ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाइलेटमा लगि जबरजस्ती करणी गरेको थारूलाई अभियोग लागेको छ।
उनलाई प्रहरी चौकी बगदी र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका–७ कुमालगाउँ बस्ने ३० वर्षीय विकास राईलाई प्रहरीले पक्राउ गरेको छ।
ती महिलालाई घरमा कोही नभएको अवस्थामा राईलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।
प्रतिक्रिया