काठमाडाैं १८, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला त्यसलाई मत्थर पार्ने प्रयास भइरहेको छ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मन्त्री तथा केही स्थायी समिति सदस्यहरूसँग आज (बिहीबार) बिहान छलफल गरेका छन्।
छलफलपछि फर्किएका ओली पक्षीय एक नेताले पार्टी एकता टुट्न दिन नहुने र विवादलाई सहमतिमै टुङ्ग्याउने पर्नेमा जोड दिएको बताए। खुमलटारमा रहेको प्रचण्ड निवासमा करिब २ घण्टा छलफल भएको थियो।
बुधबार ओली र दाहाल–नेपाल पक्षीय स्थायी समिति तथा केही मन्त्रिहरूको छुट्टाछुट्टै भेला भएको थियो।
त्यसक्रममा ओलीले आफूनिकट नेताहरूसँग अब कसरी अगाडि बढ्ने विषयमा परामर्श गर्दा दाहाल–नेपाल पक्षीय भेलाले भने ओलीले पार्टीको निर्णय मान्नु पर्ने, होइन भने दुबै पदबाट राजीनामा दिनु पर्ने निश्कर्ष निकालेको थियो।
सोही भेलामा ओली पक्षीय नेताहरूसँग पनि छलफल गर्ने भनिएको थियो। प्रधानमन्त्री ओली दुबै पद गुम्ने स्थितिमा पुगेपछि उनले मध्यमार्गी विकल्पमा छलफल गर्न चाहेको देखिन्छ।
यदी, पार्टीले आफूलाई गल हत्याए संसदीय दलको उपनेतासमेत रहेका ओलीका विश्वाश पात्र सुवासचन्द्र नेम्बाङलाई भावी प्रधानमन्त्री बनाउन अर्का अध्यक्ष प्रचण्डलाई भनेको खुलासा पनि भएको छ।
तर, प्रचण्डले प्रतिक्रिया नजनाएको स्रोतले जनाएको छ।
प्रतिक्रिया