२० माघ २०८१, आइतबार । February 2, 2025

समाचार

सेनाका सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त



काठमाडौं १७, असार । नेपाली सेनाको एक जना सहायक रथी र महासेनानी बर्खास्तीमा परेका छन्।

सैनिक ऐन २०६३ अनुसार अनुशासन तथा आचरणसम्बन्धी कसूरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्का बर्खास्तीमा परेका हुन्।

समरी जनरल सैनिक अदालतबाट दुबै जना अनुशासन तथा आचरणसम्बन्धी कसूरमा दोषी ठहरिएपछि सेवाबाट बर्खास्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयकाअनुसार अदालतले माथिल्लो कमाण्डरले लिखित रूपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरीतको काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी तथा आचरण नगरेको ठहर गरेको हो।

प्रकाशित : १७ असार २०७७, बुधबार ००:००