१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

ओलीबाट पार्टी र सरकार दुबै चल्ने नसक्ने प्रचण्ड–नेपाल भेलाको निश्कर्ष



काठमाडौं १७, असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुलिएको विवादमाझ पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षको भेला ललितपुरको झम्सिखेलमा सकिएको छ।

भेलामा सहभागी ३१ जना स्थायी समिति सदस्यहरूले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कि त पार्टीको निर्णय मान्नु पर्ने, होइन भने अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु पर्ने निश्कर्ष निकालेका छन्।

भेलामा ‘ओलीको नेतृत्वमा पार्टी र सरकार दुबै चल्न सक्दैन’ भन्ने निश्कर्ष पनि निकालिएको प्रचण्ड–नेपाल पक्षको दाबी छ।

भेलामा सहभागी एक जना स्थायी कमिटी सदस्यले पार्टीको निर्णय सहमतिकै आधारमा हुने र उक्त निर्णय सबैले मान्नु पर्ने बताए।

नेकपाको स्थायी समितिमा ४४ जना स्थायी समिति सदस्य छन्। तर, बहुमत सदस्यहरू विपक्षमा उभिएपछि ओलीलाई महासंकट निम्तिएको छ।

परिणामस्वरूप ओलीले आफूनिकटका नेताहरूसँग बिहान बालुवाटारमा उत्पन्न जटिलतालाई समाधान गर्नेबारे परामर्श लिएका थिए।

यसअघि सचिवालय बैठकमै पनि अर्का अध्यक्ष प्रचण्डले ओलीको राजीनामा मागेका थिए। त्यसपछि उक्त विषय उप्किएको थिएन।

तर, जारी स्थायी समिति बैठकमा मङ्गलबार चर्को गरी फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनु पर्ने माग उठेको छ।यसपछि ओली तनावमा छन्।

प्रकाशित : १७ असार २०७७, बुधबार ००:००