
काठमाडौं १७, असार । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागुऔषध चरेश ५ किलो प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको चरेश बरामद गरेको हो।
प्रहरीलाई देख्नासाथ मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४३ प ५७८४ नम्बरको मोटरसाइकल छोडी चालक भने फरार भएका छन्।
प्रहरीले मोटरसाइकलका चालकको खोजी थालेको छ।
प्रतिक्रिया