२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

ग्लोबल

तेहरानमा भएको विष्फोटमा १३ जनाको मृत्यु, कयौं घाइते



काठमाडौं १७, असार । इरानको तेहरानस्थित एक क्लीनिकमा भएको विष्फोटमा परी १३ जना मारिएका छन्।

मारिनेमा धेरै महिला छन्। थुप्रै मानिसहरू घाइते भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृतकको सङ्ख्या बढ्न सक्ने आङ्कलन गरिएको छ। ग्याँस चुहिएका कारण विष्फोट भएको ठानिएको छ।

दमकलकर्मी र सुरक्षाकर्मीहरूलाई आगो नियन्त्रणमा समस्या परेको जनाइएको छ।

प्रकाशित : १७ असार २०७७, बुधबार ००:००