काठमाडौं १६, असार । महामारीको रूप लिन सक्ने नयाँ फ्लू चीनमा फेला परेको छ। वैज्ञानिकहरूले उक्त फ्लू सुङ्गुरमा फेला परेको दावी गरेका छन्।
मानिसदेखि मानिसमा सर्न सक्ने क्षमता भएको फ्लूको भाइरसले संरचनामा परिवर्तन गर्न सक्ने भएको पनि वैज्ञानिकरूले उल्लेख गरेका छन्।
कोरोना भाइरस जसरी विश्वभर महामारीको रूपमा फैलिन सक्ने भन्दै वैज्ञानिकहरूले चिन्तासमेत व्यक्त गरेका छन्।
उक्त फ्लूले मानिसलाई संक्रमण गर्न सक्ने बताइएको छ। यससँगै फ्लूको भाइरससँग लड्ने प्रतिरोधी क्षमता मानिसमा शून्य भएको पनि अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले जिकिर छ।
हालै प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन्।
प्रतिक्रिया