काठमाडाैं १६, असार । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने छ।
बैठकले आसन्न १४ औं महाधिवेशनलाई लक्षित गरेर यसअघि तय भएको प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने छ।
यसअघि, आगामी कात्तिक १६ गतेदेखि गाउँ/नगर वडा अधिवेशनको सुरु गर्ने भनिएको थियो। तर, कोरोना महामारीले गर्दा कार्यतालिकाअनुसार पार्टी अधिवेशनपूर्वको कार्यहरू प्रभावित भएकोले फेरि कार्यतालिका परिमार्जन गर्न कांग्रेसले चाहेको छ
गएको आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले १४ औं महाधिवेशनको मिति यथावत राख्ने र तल्लो तहको अधिवेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो।
कांग्रेसको महाधिवेशन आगामी फागुन ७ गते तोकिएको छ।
प्रतिक्रिया