२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

मुख्य खबर

आज धान दिवस, दही चिउरा पनि खाइँदै



काठमाडाैं १५, असार । आज राष्ट्रिय धान दिवस। दही चिउरा पनि आजकै दिन खाने गरिन्छ।

यस वर्ष ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइँदै छ।

देशका केही ठाउँमा असारे भाकामा दोहोरी गाउँदै धान रोप्ने गरिन्छ। त्यसपछि कामले गलेका किसानहरू दही चिउरा खाने गर्दछन्। जसले शक्ति प्राप्त हुन्छ भन्ने सामाजिक मान्यता छ।

किसानी भन्दा फरक क्षेत्रका नेपालीले पनि आजका दिन दही चिउरा खाने गर्दछन्। देशभर हालसम्म २० प्रतिशत बढी धान रोपाइँ भएको छ।

छिट्टै वर्षात भएकाले किसानले धान धमाधम रोप्दै छन्।नेपालमा खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुुन्छ।

कृषि मन्त्रालयकाअनुसार त्यसमध्ये तराई क्षेत्रले ७० प्रतिशत बढी हिस्सा ओगट्दछ। कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ।

त्यसमध्ये १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गरिन्छ। ६३ प्रतिशत जमिनमा सिँचाइ अभाव छ।

प्रकाशित : १५ असार २०७७, सोमबार ००:००