![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/Salah_-photo.png?resize=507%2C251)
काठमाडौं १४, असार । नेपालमा हालै प्रवेश गरेको सलह (फट्याङग्रा) सङ्कलन गर्न सुदूरपश्चिम प्रदेश सरकारले प्रोत्साहन गरेको छ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह ल्याउनेलाई २५ रूपैयाँ दिने आज (आइतबार) निर्णय गरेको छ।
हाल देशको २ नम्बर, ३ नम्बरलगायत प्रदेशमा सलह देखिएको छ। सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा पनि देखिन सक्ने भएकाले उक्त निर्णय गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताए।
प्रदेश सरकारले नै कसैले सलह संकलन गरी सम्बन्धित स्थानीय सरकारलाई बुझाएको अवस्थामा प्रतिकिलो २५ रूपैयाँ दिने भएको हो।
यसले एकातिर सलह संलकन गर्दै आम्दानी लिन सक्ने किसानको मेसो हुन्छ भने अर्कातिर सलह घट्ने र बालिनालीमा क्षति कम हुने आंकलन सरकारको छ
सुदूरपश्चिमको कैलाली जिल्लाको टीकापुर, लम्की–चुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा सलह भित्रिन सक्ने अवस्था रहेको बताइएको छ।
प्रतिक्रिया