काठमाडौं १४, असार । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। महाधिवेसन कार्यतालिका हेरफेरको विषयमा छलफल गर्न बैठक बोलाएको हो।
बैठक मङ्गलबार दिउँसा १ बजे पार्टी कार्यालय सानेपामा हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कोरोना महामारीका कारण कांग्रेसको संस्थापन पक्षले आगामी फागुनमा हुने पार्टीको १४ औं महाधिवेशन अलिक पछि सार्न खोजेको चर्चा चलेको छ।
तर, पनि पदाधीकारी बैठक र पूर्वपदाधीकारीहरूसहितको बैठकमा भने फागुनमै महाधिवेशन गरौं भन्ने सवाल उठेको छ।
कार्यतालिकाअनुसार यही असार मसान्तभित्र पार्टी समायोजन गरिसक्ने कांग्रेसको कार्यतालिका छ।
त्यसपछि भने पार्टीको क्रियाशील सदस्यता नविकरण र वितरणको कार्य सुरु गर्ने उल्लेख छ।
यससँगै, आगामी पुस मसान्तसम्ममा स्थानीय तहहरूको अधिवेशन सक्ने र फागुन ७ मा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ।
प्रतिक्रिया