२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

भैंसीले हान्दा ९० वर्षीया वृद्धाको मृत्यु



काठमाडौं १४, असार । कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरी बस्ने ९० वर्षीया लक्ष्मीदेवी भण्डारीलाई भैंसीले हान्दा आइतबार बिहान मृत्यु भएको छ।

कनरी नदीको किनारमा बाख्रा चराउने क्रममा सोही ठाउँ बस्ने नाले सुनारको भैंसीले हान्दा भण्डारी गम्भीर घाइते भएकी थिइन्।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित : १४ असार २०७७, आइतबार ००:००