२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

कुटेरै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



धनुषा,१४ असार । २१ वर्षीया श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धनषाका एक युवक पक्राउ गरेका छन्।

हंसपुर नगरपालिका वडा नम्बर–५ का सुरेश सदा आज (आइतबार) पक्राउ परेका हुन्। उनलाई श्रीमती रून्चीदेवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रून्चीको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारको क्रममा मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय सुगानीकाशले जनाएको छ।

उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालतमा मुद्दा दर्तापछि म्याद थप गराई अनुसन्धान थाल्ने जनाएको छ।

प्रकाशित : १४ असार २०७७, आइतबार ००:००