२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

मुख्य खबर

कोरोना भाइरस : पाँच लाख नाघ्यो मृतक, संक्रमित पनि करोड बढी



photo: Martin BERNETTI / AFP)

काठमाडौं १४, असार । विश्वभर कोरोना संक्रमणबाट मर्नेको सङख्या पाँच लाख नाघेको छ। ५७ हजार मानिस गम्भीर अवस्थामा छन्।

कोरोना सम्बन्धी ताजा अपडेट राख्दै आएको वल्र्डमिटरले ४१ लाख बढीमा कोरोना विषाणु सक्रिय रहेको जनाएको छ।

गएको २४ घण्टासम्ममा विश्वभर संक्रमितको सङ्ख्या एक करोड नाघेको छ। सर्वाधिक अमेरिकामा कोरोना संक्रमित २५ लाख ९६ हजार जना छन्। एक लाख २८ हजार मानिसको मृत्यु भएको छ।

अमेरिकापछि ब्राजिलमा १३ लाख १५ हजार मानिस संक्रमित छन्। ५७ हजार बढीको मृत्यु भएको छ।

रूसमा पनि संक्रमितको सङ्ख्या छ लाख २७ हजार पुगेको छ। त्यहाँ मर्नेको सङ्ख्या नौं हजार पुगेको छ।

भारतमा पनि पाँच लाख २९ हजार मानिस संक्रमित छन्। १६ हजार बढी मासिनको मृत्यु भएको छ।

बेलायतमा पनि तीन लाख १० हजार मानिस कोरोना संक्रमित देखिँदा ४३ हजार मानिसले ज्यान गुमाएका छन्।

प्रकाशित : १४ असार २०७७, आइतबार ००:००