![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/dead20190521154604.jpg?resize=544%2C301)
काठमाडौं १४, असार । पाल्पाको गल्याङ नगरपालिका वडा नम्बर – ९ को साङलियमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
वडाध्यक्ष हरी खनालले अधिक वर्षापछि आएको पहिरोले पुरिँदा ४९ वर्षीय यमबहादुर बिकको मृत्यु भएको बताए। पहिरोमै पुरिँदा फूलमायाँ बिक घाइते भएकी छिन्।
पहिरोले पुरिए लगत्तै गाउँलेले दुबै जनाको उद्दार गरेको थियो। उद्दारपछि गल्याङ सामुदायिक अस्पतालमा उपचारको क्रममा यमबहादुरको मृत्यु भएको हो।
घाइते फूलमायाँलाई उपचारका लागि पाल्पा पठाइएको छ। घटनास्थलमा प्रहरी जाँदे गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विमलराज कँडेलले बताए।
प्रतिक्रिया