२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

समाचार

भरुवा बन्दुकसहित एक जना पक्राउ



काठमाडौं १३, असार । बाग्लुङको बडिगाड गाउँपालिका–७ माझखर्कका ५५ वर्षीय दलबहादुर बुढा भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

अवैध रूमा घरमा लुकाएर राखेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले शनिबार दिउँसो बन्दुक बरामद गर्दै बुढालाई पक्राउ गरेको हो।

बन्दुकमा प्रयोग हुने बारुद र १२ थान सिसा पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

उनीविरुद्द प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : १३ असार २०७७, शनिबार ००:००