२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

मुख्य खबर

सलह नेपालको तराईमा आइपुग्यो



काठमाडौ १३, असार । नेपालमा भारतदेखि सलह प्रवेश गरेको छ। सीमा क्षेत्रदेखि तराईका जिल्लाहरूमा प्रवेश गरेको हो।

फट्याङग्रा प्रजातिको सलह आज (शनिबार) बिहान ७ बजेपछि प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

तराईका जिल्लाहरू भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा सलह आइपुगेको होे।

कृषि मन्त्रालयअन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईले केही दिन अगाडि दक्षिणतर्फबाट उत्तरतर्फ बहेको हावाको बेगले सलहलाई उढाएर विहार हुँदै नेपाल ल्याई पुर्याएको बताए।

केन्द्रले उच्च गुणस्तरको क्यामेराबाट सलहको टाउको, पेट, एन्टीना, आकार–प्रकारको तस्बिर खिचेर पठाउन कृषि ज्ञान केन्द्रका कर्मचारीलाई निर्देशन दिएको छ।

सरकारले गएको जेठ २४ गते भने नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो।

सलहको बथान अफ्रिाकाबाट खाँडी मुलुकहरू इरान र पाकिस्तान हुँदै भारत छिरेको हो। यसले बालीनाली सखाप गर्ने गरेको छ।

प्रकाशित : १३ असार २०७७, शनिबार ००:००