१८ माघ २०८१, शुक्रबार । January 31, 2025

प्रबिधि

थप १० ठाउँबाट कोरोना परीक्षणको तयारी



Photo credit : Bussiness insider

काठमाडौं १३, असार । सरकारले देशको थप १० ठाउँमा पिसिआर प्रयोगशाला स्थापना गर्ने भएको छ। काठमाडौं उपत्यकामा ४ वटा र बाँकी ६ वटा अन्य जिल्लामा स्थापना गरिने भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि प्रयोगशाला स्थापना गर्न लागेको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा. गुणराज लोहनीले बताए।

मन्त्रालयले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल, नेपाली सेना अस्पताल काठमाडौँ, मेची अस्पताल झापा, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ र धनकुटा अस्पतालमा पीसीआर मेसिन स्थापना गर्ने भएको हो।

सरकारले हाल देशका २३ स्थानमा कोरोना परीक्षण गर्दै आएको छ। सम्भावित संक्रमितको स्थिति विश्लेषण गरेर प्रयोगशाला स्थापना गर्न लागिएको हो।

यी ठाउँहरूमा पनि प्रयोगशाला स्थापना गरिएपछि दैनिक १० हजार मानिसको परीक्षण गर्न सकिने भएको छ।

प्रकाशित : १३ असार २०७७, शनिबार ००:००