१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित



काठमाडौं १३, असार । गण्डकी प्रदेशको तीन जिल्लामा ३२ जना कोरोना संक्रमित थपिएका छन्।स्याङ्जा, बाग्लुङ र नवलपरासी सुस्ता पूर्वमा संक्रमित देखिएको हो।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा एक वर्षे बालक, ६ जना महिलासहित १९ जना, पुतलीबजार, वालिङ र बिरूवामा १÷१ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले बताए।

शर्माकाअनुसार बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण देखिएको छ।

गएको २४ घण्टामा थपिएको ३२ जना संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ८ सय ३८ पुगेको छ। त्यसमध्ये १०१ जना निको भएका छन्।

प्रकाशित : १३ असार २०७७, शनिबार ००:००