२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

समाचार

रड प्रहार गरेर बुबाको हत्या गर्ने पक्राउ



काठमाडौं १२, असार । नुवाकोटको लिखु गाउँपालिका–६, कालिमाटीमा बुबालाई रड प्रहार गरी हत्या गरेको अभियोग लागेका एक युवक पक्राउ परेका छन्।

५५ वर्षीय बुबा चन्द्रबहादुर बिकलाई रड प्रहार गरी हत्या गरेको भन्दै २६ वर्षीय छोरा बिनोद बिक पक्राउ परेका हुन्।

घरायसी विवादको कारण गएको मङ्गलबार राति बिनोदले रडले प्रहार गर्दा बुबा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ट्रमा सेन्टर काठमाडौंमा आज (शुक्रबार) बिहान मृत्यु भएको छ।

उनीविरुद्ध प्रहरीले कर्तब्य ज्यानसम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००