१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

१० वटा अन्तर्राष्ट्रिय उडान हुने



काठमाडौं १२, असार । तीन वटा एयरलाइन्सले विश्वका विभिन्न स्थानमा १० वटा उडान भर्ने भएको छ। हिमाल एयरलाइन्स, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सले आज (शुक्रबार) चार्टर्ड उडान भर्ने भएको हो।

सर्वाधिक नेपाल एयरलाइन्सको सातवटा उडान हुनेछ । बिहानै मलेसियाको क्वालालम्पुरका लागि उक्त एयरलाइन्सको विमान उडिसकेको छ। हङकङ, मेलवर्न, दुबई, साउदी र बहराइनमा पनि उडान भर्ने विमानस्थल स्रोतले जनाएको छ।

श्री एयरलाइन्सको विमान पनि चीनको याङ्यनतर्फ उडेको छ। हिमाल एयरलाइन्स भने क्वालालम्पुरबाट काठमाडौं फर्कने छ।

बेलुका भने साउदी अरब प्रस्थान गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तालिका छ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००