२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

Uncategorized

भारतमा १०७ जनाको चट्याङले लाग्दा ज्यान गयो, कयौं घाइते



काठमाडौं १२, असार । भारतमा चट्याङले लागेर १०७ जनाको मृत्यु भएको छ। देशको उत्तरी राज्य बिहारमा ८३ जना र उत्तर प्रदेश राज्यमा २४ जनाको मृत्यु भएको हो।

बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको भारतको आपतकालीन प्रबन्धन विभागले पनि पुष्टि गरेको छ। कैयौँ मानिस चट्याङ लागेर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभागले बिहारको २३ जिल्लामा चट्याङ परेको उल्लेख गरेको छ। तर, उत्तर प्रदेशको कुन कुन जिल्लामा चट्याङ प¥यो भन्ने विववरण आइनसकेको बताइएको छ।

घटनाप्रति बिहारका मुख्यमन्त्री नीतिशकुमारले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाखका दरले राहत दिने घोषणा गरेका छन्। केन्द्र सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००