२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

एम्बुलेन्स भिरबाट खस्दा चालकको मृत्यु



प्रतिकात्मक तस्बिर

काठमाडौं ११, असार । ओखलढुङ्गाको लिखु गाउँपालिका–६ को कात्तिके भिरमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रदेश नम्बर ३–०१–००२ झ–५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा २२ वर्षीय चालक सुदर्शन खत्रीको मृत्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। उनी सोही गाउँपालिकाको वडा नम्बर–४ का हुन्।

उनी बिरामी लिएर अस्पतालतर्फ जाँदै थिए।

प्रकाशित : ११ असार २०७७, बिहिबार ००:००