
काठमाडौं ११, असार । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।
स्याङ्जाको आँधीखोला–१ का एक पुरुष र चितवनको ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार (आज) नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए। थप दुई जनाको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ।
थपिए ४३४ जना संक्रमित
देशभर गएको २४ घण्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको सङ्ख्या ११ हजार १६२ पुगेको बताए।
गएको २४ घण्टामा १९ जना महिला र २९३ जना पुरुष गरी कूल ३१२ जना निको भएर अस्पतालबाट घर फर्केका छन्। हालसम्म निको हुनेको सङ्ख्या दुई हजार ६५० जना पुगेको छ।
रसुवाबोहकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ। पछिल्लो २४ घण्टामा देशभरको २२ वटा प्रयोगशालाबाट ६ हजार ५४३ जनाको पिसिआर परीक्षण गरिएको छ।
क्वारेन्टिनमा ७४ हजार २२ जना र आइसोलेसनमा ८ हजार ४८६ कोरोना संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया