काठमाडौं ११, असार । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जीत निकालेको छ। गएराति भएको खेलमा उसले क्रिस्टल प्यालेसलाई ४–० ले हरायो।
घरेलु मैदान एन्फील्डमा अलेक्जेण्डर आर्नाल्ड, फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले क्रिस्टलविरुद्ध एक–एक गोल गरे।
क्रिस्टलविरुद्धको खेलमा जीत निकालेसँगै लिभरपुर लिगको उपाधीसँग दुई अंकको दूरीमा पुगेको छ। र, बिहीबार राति म्यान्चेस्तर सिटी चेल्सीसँग पराजित भए बाँकी खेल नै नखेल िउसले उपाधी उचाल्ने छ।
३१ खेल खेलेको लिभरपुल ८६ अंकसहित पहिलो र एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६३ अंकसहित दोश्रो स्थानमा रहेको छ।
प्रतिक्रिया