१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

लट्री पर्याे भन्दै सामाजिक सञ्जालबाट करोड बढी ठग्ने ७ जना पक्राउ, भारतीय गिरोह पनि संलग्न



तस्बिर साैजन्यः महानगरीय अपराध महाशाखा टेकु

काठमाडौं १०, असार। सामाजिक सञ्जालका माध्यमहरू भाइबर, ह्वाट्स एप, इमो प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ परेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२१ कोहिटी बस्ने झापाको भद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नवीन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर भएका २२ वर्षीय एमडी सर्फराज र काठमाडौं छाउनी बस्ने रौतहटको गौर नगरपालिका–१ घर भएका १९ वर्षीय आकाश अग्रवाल रहेका छन्।

काठमाडौंको छाउनी नै बस्ने रौतहटका १८ वर्षीय एक किशोर (उनको नाम खुलाइएको छैन) र पर्साको वीरगञ्ज महानगरपालिका–२९ घर भएका ३० वर्षीय कृष्णप्रसाद साह र सोही महानगरपालिका–३२ बस्ने २० वर्षीय सुनिल साह रहेका छन्।

प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी अनलाइनको माध्यमबाट ‘४० लाख रूपैयाँ लट्री परेको छ’ भन्दै प्रलोभनमा पारी करोडौं रकम ठगी गरेको उनीहरूमाथि अभियोग लागेको छ।

उनीहरूलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट नगदसहित पक्राउ गरेको हो।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबाट नेपाल सरकारका उच्च पदस्त अधिकृतलगायत सर्वसाधारण व्यक्तिहरूबाट रकम ठगिएका छन्।

कार्कीले कतिपयले घर जग्गासमेत धितो राखेर लट्री प्राप्त गर्ने आशमा पैसा पठाएको र ठगिएको थाहा पाएपछि मानसिक रूपमा बिच्छिप्त हुने गरेको पाइएको बताएका छन्। प्रहरीको अनुसन्धानले ठगी कार्यमा भारतीय गिरोह पनि संलग्नता रहेको र करोड बढी रकम ठगिसकेको देखाएको छ

।पक्राउ परेकाहरूविरुद्द आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जनाएको छ।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००