काठमाडौं १०, असार । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको ललितपुर जिल्ला कमिटी उपाध्यक्ष निगम भन्ने नरेन्द्रबहादुर भण्डारी पक्राउ परेका छन्।
राज्यविरुद्द द्धेष फैलाउने किसिमले उक्त पार्टीसँग सम्बन्धित पर्चा पम्प्लेटहरू टाँस्ने गरेको अभियोगमा ललितपुर प्रहरी परिसरले पक्राउ गरेको हो।
परिसर प्रवक्ता तथा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले पक्राउ परेका भण्डारीले सोही पार्टीमा आवद्ध हुनुपर्छ भन्दै स्थानीय छरछिमेकी एवम् जनमानसलाई डर त्रासमा पार्दै आतङ्कितर र हैरान पार्ने गतिधिमा संलग्न रहँदै आएको पाइएको बताएका छन्।
भण्डारीलाई परिसरबाट खटिएको प्रहरी टोलीले केहीबेर अघि ललितपुरकै बालकुमारी क्षेत्रबाट पक्राउ गरेको गरेको हो। उनीविरुद्द प्रहरीले अनुसन्धान थालेको छ।
प्रतिक्रिया