२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

समाचार

पानी तान्दा करेन्ट लागेर मृत्यु



प्रतीकात्मक तस्बिर

काठमाडौं १०, असार।दोलखाको मेलुङ गाउँपालिका–७ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।

३५ वर्षीय सुवास कार्कीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हो। घरदेखि करिब १ किलो मिटर टाढा आफ्नै खेतमा तामाकोशी खोलाबाट मोटर जडान गरी पानी तान्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

उनको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००