
काठमाडौं १०, असार।नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक सय १० महिला र ५ सय १९ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बोल्दै संक्रमितको सङ्ख्या कूल १० हजार ७ सय २८ जना पुगेको बताए।
पछिल्लो २४ घण्टामा एक सय १४ जना भने अस्पतालबाट निको भएर घर फर्केका छन्। यससँगै निको हुनेको सङ्ख्या २ हजार ३ सय ३८ जना पुगेको छ। मृत्यु हुनेको सङ्ख्या पनि २४ पुगेको छ।
रसुवा बाहेक देशभरका जिल्लामा कोरोना फैलिएको छ।
हालसम्म ७८ हजार ६ सय २९ जना क्वारेन्टिनमा र ८ हजार ३ सय ६६ जना आइसोलेसनमा रहेका छन्।
प्रतिक्रिया