१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

आफ्नौ फोनमा ‘मोबाइल बैंकिङ’ चलाएर ३ लाख ठग्ने पक्राउ



काठमाडौं १०, असार। पर्सामा किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा ‘मोबाइल बैंकिङ’ सुचालु गर्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–१ बस्ने २२ वर्षीय नादिर साह रहेका छन्।

प्रहरीको प्रारम्भीक अनुसन्धानको क्रममा वीरगञ्ज महानगरपालिका–१३ बस्ने चितवनको भरतपुर महानगरपालिका–६ कि मीराकुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय वीरगञ्जमा रहेको खाताको हस्ताक्षर किर्ते गरी अपरिचित व्यक्तिले मोबाइल नम्बर ९८२९२४३५६० बाट मीराकै मोबाइल बैकिङ सेवा सुचालु गरी पटक–पटक गरी ३ लाख रूपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर भएको खुलेको थियो।

प्रहरीले अनुसन्धान गर्दा नादिरको खातामा रकम ट्रान्सफर भएको पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

उनीविरुद्द प्रहरीले ठगी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००