२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मुख्य खबर

पिसिआर परीक्षणबिना घर नपठाउन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं १०, असार। सर्वोच्च अदातले क्वारेन्टिनमा राखिएकालाई परीक्षणबिना घर नपठाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्धय टंकबहादुर मोक्तान र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले जनताको स्वास्थ्यप्रति संवेदनशील बन्दै पिसिआर परीक्षण गरेर मात्रै घर पठाउन आदेश दिएको हो।

आदेशमा कोभिड वा अन्य कारणले मानसिक सन्त्रासमा रहेकालाई परीक्षणले आफू स्वस्थ भएको आस्वास्त पार्नु पर्ने भनिएको छ।

कोरोना संक्रमण देखिएपछि आइसोलेनमा राखिएका बिरामीलाई बिनापरीक्षण घर फर्काउने किञ्चित रूपमा पनि मानवीय तथा संविधानसम्मत नहुने पनि आदेशमा उल्लेख छ।

अधिवक्ता सन्तोष भण्डारीले कोरोना संक्रमणको आशंकामा आरडिटी परीक्षण गरेर मात्रै छाड्न नहुने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००