![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/06/image-3.png?resize=676%2C278)
काठमाडौं १०, असार। पाकिस्तानका सात जना क्रिकेटरलाई कोरोना संक्रमण भएको छ।
पाकिस्तानी क्रिकेट बोर्डले राष्ट्रिय टोलीका क्रिकेटरहरू फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन। मोहम्मद रिजवान र वहाब रियाजलाई संक्रमण पुष्टि भएको जनाएको छ।
राष्ट्रिय टोलीका यती धेरै क्रिकेटर कोरोना संक्रममित भएपछि पाकिस्तान र इंल्याण्डबीच निर्धारित टेस्ट र टी–२० म्याच प्रभावित भएको छ। यसअघि बोर्डले शादाब खान, हारिस रउफ र हैदर अलीलाई संक्रमण भएको जनाएको थियो।
पाकिस्तानमा कोरोना संक्रमण तीब्र गतिमा भइरहेको छ। पाकिस्तानी सरकारका अनुसार त्यहाँ हालसम्म ८५ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने चार हजार बढीले ज्यान गुमाएका छन्।
प्रतिक्रिया