काठमाडौं १०, असार। जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एससिसी र अंगीकृत नागरिकतबारे राष्ट्रिय सहमतिको प्रस्ताव गरेका छन्।
संसदमा पुगेको नागरिकता सम्बन्धी विद्येयकलाई बहुमतले पारित गर्ने तयारी एकातिर भएको बेला अर्कोतिर एमसिसीको सवालमा पनि मतभेद रहेपछि डा.भट्राईको मध्यमार्गी प्रस्ताव आएको हो।
तर, सत्तारूढ नेकपाले विहे गरेर नेपाल आएका विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान भएको विद्येयकलाई बहुमतले पारित गर्ने भएको छ। संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल भने अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रावधानप्रति सहमत छैनन्।
सत्तारूढ नेकपासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, साझा पार्टी नेपाललगायतका दलहरू भने ७ वर्ष पुगेपछि मात्रै अंगीकृत नागरिकता दिलाउने विषयमा एकमत छन्।
यससँगै सत्तारूढ नेकपा नै एमसिसीको सवालमा विभाजित छ। यस्तो अवस्थामा डा. भट्टराईको राष्ट्रिय सहमतिको प्रस्ताव आएको हो। नेता भट्टराईले यी दुबै विषय राष्ट्रिय सहमतिको आधारमा टुङ्ग्याएपछि सरकारको सम्पूर्ण ध्यान कोरोना र मुलुकको अर्थतन्त्रमा लगाउनु पर्नेमा जोड् दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चिन्तन शैली निरंकुश र अहंकारी देखिएको पनि गम्भीर टिप्पणी गरेका छन्। यस्तो अवस्थामा अरू दलका नेताहरूको पनि गतिलो छाँट नदेखिएको भन्दै आलोचना गरेका छन्।
प्रतिक्रिया