१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

गृह मन्त्रालयले भन्यो : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू



काठमाडौं ९ असार । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरधनीले घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी पुग्ने गरेका छन् ।

अस्पतालमा भीड बढेपपछि उपत्यका बाहिरबाट आउनेलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने र लक्ष्यण देखिए मात्र अस्पताल पठाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृहलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयको पत्रपछि गृहले उपत्यकाको तीनवटै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ ।

प्रकाशित : ९ असार २०७७, मंगलबार ००:००