काठमाडौं ९, असार।आँप खान भनेर तमोर नदी किनारमा गएका दुई जनालाई नदीले बगाएर बेपत्ता बनाएको छ।
तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर–५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका १८ वर्षीय रञ्जित शेर्पालाई तमोर नदीले बगाएर बेपत्ता बनाएको हो।
उनीहरू छातेढुङ्गातर्फ पर्ने तमोर नदीको प्याङ्ग् दोभानबाट बगेको प्रहरीले जनाएको छ।उनीहरूको खोजी कार्य छातेढुङ्गा र चुहानडाँडा प्रहरी चौकीको टोलीले गरिरहेको छ।
प्रतिक्रिया