१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

बाबुराम भट्टराईकाे आरोप : मुलुक संकटमा फस्दा प्रधानमन्त्री टुक्का र छेडखानीमा व्यस्त



तस्बिर : डा. भट्टराइकै ट्वीटरबाट।

काठमाडौं ९, असार। जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले मुलुक चौतर्फी सङ्कटमा फस्न लागेको बताएका छन्।

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस चर्किँदै जाँदा मुलुकको अर्थतन्त्र थला पर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बेरोजगार युवाको बढ्दै गएको, शैक्षिक संस्थाहरू लथालिङ्ग हुँदै गएको, अमेरिकी सहयोग परियोजना एमसीसी टुङ्गो नलागेको र नागरिकता समस्या पनि बल्झिएको बताएका छन्।

यस्तो जटिल परिस्थितिमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने गुटको जालोमा फसेको टिप्पणी गरेका छन्। यससँगै प्रधानमन्त्री केपी शर्मा ओली भने उखान टुक्का र छेडखानीमा व्यस्त रहेको भन्दै आलोचना गरेका छन्।

उनले यी सङ्कटहरूको निकास खोज्न आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रकाशित : ९ असार २०७७, मंगलबार ००:००