१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

सांसद दीपक मनाङेले किन दिए राजीनामा?



तस्बिर : सांसद दीपक मनाङेकाे फेसबुक पेजबाट।

काठमाडौं ९, असार। जताततै हुने गरेको भ्रष्टाचारले ‘लाज लागेको’ भन्दै गण्डकी प्रदेशका सांसद दीपक मनाङेले प्रदेश संसदको अर्थ तथा विकास समितिबाट राजीनामा दिएका छन्।

उनी समितिको सदस्य हुन्। अनुगमनमा जाँदा जताततै देखिने भ्रष्टाचारले लाज लागेको र समितिले कारबाही गर्न दिएको निर्देशन पालना नहुँदा समितिमा बस्नुको अर्थ नै नभएकाले राजीनामा दिनु परेको बताएका छन्।

सांसद मनाङले समिति सभापति दीपक कोइरालालाई सोमबार राजीनामा बुझाएका हुन्। भ्रष्टाचारीलाई रङ्गे हात पर्दा पनि कारबाही गर्न नसक्नु बिडम्बना भएको उनको भनाई छ।

समितिमा रहेका सभापतिदेखि सदस्य कसैले पनि यसअघि मुलुकमा हुने गरेको भ्रष्टाचारले ‘लाज लाग्यो’ भन्दै राजीनामा दिएको थिएन।

प्रकाशित : ९ असार २०७७, मंगलबार ००:००