काठमाडौं ९, असार। कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका २५९ जना नेपालीलाई अष्ट्रेलियाबाट नेपाल ल्याइने भएको छ।
उनीहरू सबैको पीसीआर टेष्ट गरिएको छ। जसमा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ।
कोरोना महामारी बढ्दै गएपछि नियन्त्रणका लागि भन्दै अष्ट्रेलियन सरकारले गरेको बन्दाबन्दीपछि उनीहरू चार महिनादेखि समस्यामा छन्।
नेपाल एयरलाइन्सको जहाजमार्फत स्थानीय समय अनुसार १ बजे सिड्नीबाट उड्ने छ।
उक्त उडानमा न्युजिल्याण्डमा रहेका ११ जना नेपाली पनि हुनेछन्।
अष्टे«लियाबाट हुने यो पहिलो उद्दार उडान हो। त्यसपछि दोस्रो उडान २७ जुनमा मेलबर्नबाट हुने छ।सरकारले कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका विदेशस्थित नेपालीहलरूलाई धमाधम उद्दार गर्दै आएको छ।
कतार, कुवेद, युएईलगायत देशबाट यसअघि नै सयौं नेपालीलाई उद्दार गरिसकेको छ।
प्रतिक्रिया