१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

प्रधानमन्त्रीका लागि ५ करोडमा भिडियो रिपोर्ट दिने गाडी खरिद गर्दै प्रहरी



फाइल तस्बिर

काठमाडौं ९, असार।नेपाल प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भिडियो रिपोर्ट दिने गरिको गाडीसहितको उपकरण ‘¥यापिड कम्युनिकेसन सिस्टम’ खरिद गर्ने भएको छ।

प्रधानमन्त्रीलाई आक्रमण भए वा कुनै आपत विपत परेको अवस्थामा तुरून्तै भिडियो रिपोर्ट दिने गरिको उक्त उपकरण ५ करोड रूपैयाँ लागतमा खरिद गरिने भएको हो। त्यसका लागि नेपाल प्रहरीले ‘प्रि–बाइडिङ’ गरिसकेको छ।

उपकरण खरिद प्रक्रिया थालेको प्रहरीको सूचना तथा प्रविधि निर्देशनालयले हनी इन्टरप्राइजेज र मोबिलिटी प्रालिलाई छनोट गरेको छ।

प्रहरीको वार्षिक बजेटबाटै खरिद प्रक्रिया थालेको स्रोतले जनाएको छ। गाडीमै जडान हुने उपकरणले प्रधानमन्त्रीको सवारीका बेला भिडियो रेकर्ड गर्नेछ।

सुरक्षा चुनौती रहेका देशका राष्ट्र प्रमुखहरूले यस्ता उपकरण जडित गाडीमा सवार गर्ने गर्दछन्।

प्रकाशित : ९ असार २०७७, मंगलबार ००:००