काठमाडौं ८ असार । विभिन्न सामाजिक काममा सक्रिय जूनेली फाउण्डेशन नेपाल (जेएफएन) ले सचेतना कार्यक्रम सञ्चालन गरेको छ । फाउण्डेशनले सोमबार बुढानिलकण्ठमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनबाट लाग्ने रोक नियन्त्रण र उपचार सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको हो ।
विश्वव्यापी महामारी कोरोना सक्रमणका कारण लकडाउनको समयमा सामाजिक दुरी कायम गरि सचेतना कार्यक्रम सम्पन भयो । कार्यक्रममा सूर्तिजन्य पदार्थको सेवनबाट लाग्ने रोग र त्यसको नियन्त्रण गर्ने उपायहरुका बारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईले धुम्रपानको प्रयोगले बर्षेनी सयौँ मानिहरुको ज्यान गइरहेको भन्दै यस्तो सचेतना कार्यक्रमले नियन्त्रण गर्न सहयोग गर्ने बताइन ।
उनले ध्ुमपान तथा सूर्तिजन्य पदार्थ महिलाहरुले भन्दा बढी पुरुषले प्रयोग गर्ने भएपनि त्यसको असर भने महिला तथा बालबालिका सबैले भोग्नु पर्ने भएकाले नियन्त्रण गर्न सबै क्षेत्र लाग्नु पर्ने उल्लेख गरिन ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १० को सभाहलमा भएको कार्यक्रम वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई, मधेशी दलित गैरसरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पास्वान लगायत सर्वसाधारणको उपस्थित रहेको संस्थाका निर्देशक मुना शर्माले बताइन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग र मधेशी दलित गैरसरकारी संस्था महासंघ काठमाडौंको प्राविधिक सहयोगमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम फाउण्डेशनकी सचिव तथा समाजसेवी गाउँ माया (सरु) लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया