२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

मुख्य खबर

पाल्पामा पहिरोले चारवटा सवारी बगायो, २ जनाको शव फेला



काठमाडौं ८, असार।पहिरोले पाल्पाको तानसेन रिडी सडक खण्डमा चारवटा बगाउँदा २ जनाको मृत्यु भएको छ। अर्को एक जनाको सकुशल उद्दार गरिउको छ।

उनलाइ उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
रिडीको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, बोलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो। ती सवारी साधनहरूमा कति मानिस थिए भन्ने यकिन भएको छैन।

घटनास्थल क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयहरू पुगेका छन्।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००