१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

पोखरी र नदीमा डुब्दा ३ जनाको मृत्यु



काठमाडौं ८, असार। कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ बर्गदवाका उमेश थारू चौधरीकी ७ वर्षीया छोरी मायाँ थारू चौधरीको माछा पोखरीमा डुब्दा मृत्यु भएको छ।

घरदेखि करिब एकसय मिटर टाढा रहेको आफ्नै माछा पोखरीमा आइतबार दिउँसो डुब्दा उनको मृत्यु भएको हो। बिहान घरदेखि हराएकी उनको खोजी गर्ने क्रममा मतृ अवस्थामा पोखरीमा शव फेला परेको प्रहरीले जनाएको छ।

दाङको गढवा गाउँपालिका–२ पचाहास्थित राप्ती नदीमा डुबेर सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय दिनदयाल चौधरीको मृत्यु भएको छ। उक्त नदी तरेर धान रोप्न खेत जाने क्रममा आइतबार दिउँसो डुबेर उनको मृत्यु भएको हो।

धनुषाको सवैला नगरपालिका–९ कुसमाहा बस्ने सुनील रायको ४ वर्षीय छोरा आशिष रायको पोखरीमा डुबेर मृत्यु भएको छ। घरबाट खेल्न निस्किएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि करिब एकसय ५० मिटर टाढा रहेको माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन्।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००